कान्छो खवर । आइतबार, कार्तिक १७, २०८२
गाईघाट १६ कार्तिक ।
त्रियुगा नगरपालिकामा स्वीकृत दरबन्दी भन्दा झन्डै १ सयको हाराहारीमा रहेकोे अस्थायी , दैनिक ज्यालादारी तथा करार सेवाको कर्मचारीलाई निष्कासन गर्ने तयारी भएको छ ।
नेपाल सरकार , प्रदेश सरकार तथा स्थानिय तहमा स्वीकृत दरबन्दी बाहेक अस्थायी तथा करारम कर्मचारी राख्न नपाउने मन्त्री परिषदको निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयले गरेको परिपत्रको आधारमा त्रियुगाले दरबन्दी बाहेकका कर्मचारीलाई हटाउन लागेको हो ।
नगरपालिकाले गत असोज ३१ गते सार्वजनिक सूचना जारी गर्दै अस्थायी , दैनिक ज्यालादारी तथा सेवा करार सम्झौता कार्तिक १ गते देखि लागू हुने गरि सम्झौता रद्ध गरिएको उल्लेख गरेको थियोे ।
उक्त सूचना बमोजिम नगरपालिकाले करार रद्द गरिन लागेको कर्मचारीको सुची धमाधम तयारी गर्दै आईरहेको छ ।नगरपालिकाम जम्मा ४३९ जना स्वीकृत कर्मचारीको दरबन्दी रहेकोे छ ।स्वीकृत दरबन्दी भन्दा झन्डै १ सयको हाराहारीमा अस्थायी , करार र दैनिक ज्यालादारीमा कर्मचारी रहेका छन् ।नगर प्रमुख , उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको तोक आदेशमा उनिहरु भर्ना भएका हुन
करार रद्द गरेर हटाउन लागिएको कर्मचारीको बिषयमा निर्णय गर्न सोमबार बिहान कार्यपालिकाको बैठक बोलाइएको छ ।उक्त बैठकले के कति कर्मचारी ह्टाउने भन्ने बारे निर्णय गर्ने वडा नम्बर १० वडा अध्यक्ष किरण पाण्डेले बताए ।
उक्त बिषयमा नगर प्रमुख बसन्त बस्नेत र प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोईराला संग जानकारी लिन पटकपटक फोन गर्दा उठेन ।