१० कार्तिक २०८२, आइतबार

कटारीमा शुक्रबार दिउसो बोलेरो पिकअप दुर्घटना हुदा १५ जना घाइते

कान्छो खवर । शुक्रबार, कार्तिक ०८, २०८२

गाईघाट  ७  कार्तिक  ।

कटारी नगरपालिका ४ बिजुले डाडास्थित सिद्धिचरण लोकमार्गमा शुक्रबार दिउसो भएको गाडी दुर्घटनामा १५ जना  घाइते भएका छन् ।

कटारी देखि लेखानी तर्फ जादै गरेको बा ७ च ३६९५ नम्बरको बोलेरो पिकअप दिउसो ३.२० बजेको समयमा आफै अनियंत्रित भै सडक देखि बाया साइडमा पल्टिएर भएको दुर्घटनामा गाडीमा सवार यात्रीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको अहिले प्रादेशिक अस्पताल कटारीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । गाडीका चालक कटारी नपा १४ लेखानी बस्ने सागर राईलाई ईलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्