०७ कार्तिक २०८२, बिहिबार

सभासद पाख्रीनको स्कुटर चोरी

कान्छो खवर । बुधबार, कार्तिक ०६, २०८२

गाईघाट  ५  कार्तिक  ।

कोशी प्रदेशकी सभासद सम्झना पाख्रीनको स्कुटर चोरी भएको छ ।त्रियुगा नगरपालिका ११ शनि मन्दिर नजीक रहेको उनको डेराबाट मंगलबार राति प्र १-०५-००१ प ०३८९ नम्बरको यामाहा कम्पनीको गाडी चोरी भएको हो ।

हेन्डिल लक गरेर राखेको अबस्थामा राति १२ बजेको समयमा आफ्नो स्कुटर चोरी भएको पाख्रीनले बताइन् ।चोरले गाडीमा रहेको बिल बूक र चाबी भने निकालेर बाहिर फ्याकि स्कुटर मात्र लिएर गएको उनले बताइन् ।

पाख्रीन माओवादी केन्द्र बाट समानुपातिक कोटामा प्रदेश सभासद हुन् ।उनले चोरी भएको जानकारी प्रहरीलाई गराई सकेको बताइन् ।

यहाँ कमेन्ट गर्नुहोस्