कान्छो खवर । आइतबार, कार्तिक ०३, २०८२

गाईघाट २ कार्तिक ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउपालिकाका अध्यक्ष लोकेन्द्र राईलाई जेन्जीको नाममा एक शिक्षकले ज्यान मार्ने धम्की दिएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका १५ खाबुस्थित सिद्धबती माबीका शिक्षक युबराज कार्कीले राईलाई ज्यान मार्ने धम्की मोबाईल मार्फत दिएको हो ।
कार्कीले अध्यक्ष राईलाई सनिवार र आइतबार दुई दिन पटकपटक फोन मार्फत म जेन्जी हु भन्दै गालिगलौज अपशब्द प्रयोग गर्दै कुटपिट गर्ने र ज्यान मार्ने समेत धम्की दिएर त्रास फैलाएकोले उनी माथि तत्काल कारबाही गर्न माग गर्दै अध्यक्ष राईले त्रियुगा नगरपालिका , जिल्ला प्रशासन कार्यालय उदयपुर र प्रहरीमा लिखित उजुरी गरेका छन् ।
मलाई बिना कारण कार्कीले ज्यान लिनेे धम्की दिए , अध्यक्ष राईले भने ।उनी संग मेरो कुनै रीसईबि छैन ।मैले उनलाई चिनेको पनि छैन ।राईले भने ।
यहाँ कमेन्ट गर्नुहोस्