२८ आश्विन २०८२, मंगलबार

नेपाली काङ्ग्रेस उदयपुर विशेष महाधिवेशनको पक्षमा

कान्छो खवर । बिहिबार, आश्विन ०९, २०८२

गाईघाट  ९  असोज  ।

नेपाली काङ्ग्रेस उदयपुरको बुधबार बसेको बैठकले पार्टीको विशेष महाधिवेशनको माग गर्ने निर्णय गरेको छ ।

सभापति हिमाल कार्कीको उपस्थितिमा बसेको बैठकले आगामी फाल्गुन  २१ गते हुने निर्वाचनको लागि नेतृत्व परिवर्तन गरेर सहभागिता जनाउनु  सर्बसम्मत  निर्णय भएको कार्यालय सचीव सन्तोष कोईरालाले बताए ।

बैठकले जेन्जी आन्दोलनको क्रममा पार्टी सभापति शेरबहादुर देउवा र आरजु देउवा माथि भएको आक्रमणको भर्सना गर्दै उनिहरुको शीध्र स्वास्थ लाभको समेत कामना गरेको छ ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्