०३ आश्विन २०८२, शुक्रबार

ट्याक्टर चोरी गरेको अभियोगमा तीन जना पक्राउ

कान्छो खवर । शुक्रबार, आश्विन ०३, २०८२

गाईघाट  ३  असोज  ।

घर अगाडि पार्किङ गरि राखेको ट्याक्टर चोरी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

त्रियुगा नगरपालिका १३ बहेडवाका देबनारायण चौधरीको घर अगाडि पार्किङ गरि राखेको स १ त २८ २३ नम्बरको ट्याक्टर शुक्रबार बिहान चोरी भएको थियो ।

उक्त ट्याक्टर चोरी भएको खबर आए लगत्तै खटिएको प्रहरी टोलिले बिहान ३ बजे त्रिनपा १३ फुलजोरबाट चोरी भएको ट्याक्टर सहित चौदण्डिगढी नगरपालिका ७ का २४ बर्षिय सुदिप चौधरी , २५ बर्षिय चन्दनकुमार चौधरी र रोहितकुमार चौधरीलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

पक्राउ परेकाहरुबाट बा.६३प ५४७५ नम्बरको स्कुटर समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्