१३ मंसिर २०८२, शुक्रबार

आज देखि त्रियुगा नगरपालिकामा सार्वजनिक सेवा सुचारु

कान्छो खवर । बिहिबार, आश्विन ०२, २०८२

गाईघाट  २  असोज  ।

त्रियुगा नगरपालिकामा बिहिवारदेखि  सार्वजनिक सेवा सुचारु भएको छ ।जेन्जी आन्दोलनको क्रममा आन्दोलनकारीले कार्यालयको कागजात र भौतिक सामाग्री तोडफोड र आगजनी गरे पछी नगरपालिकाले सबै सार्वजनिक सेवाहरु बन्द गरेको थियो ।

परिस्थिति सहज बन्दै गए पछी केही दिनको सरसफाइ पछी आजबाट सार्वजनिक सेवा सुचारु गरेको मेयर बसन्त बस्नेतले बताए ।उनले कार्यालय खुलेको कारण धेरै सेवाग्राही कार्यालयमा आएर सेवा लिएको बताए ।

नगरपालिका संगै सबै वडाहरु समेत खुलेको उनले बताए ।आन्दोलनक्रममा नगरपालिकाको भौतिक पुर्बाधारमा ठुलो क्षेती पुगेको तर क्षेतिको विवरण संकलन भैरहेको मेयर बस्नेतले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्