कान्छो खवर । मंगलबार, भाद्र २४, २०८२

गाईघाट २४ भदौ ।
जेन-जि संग जोडिएका युवाहरुले अहिले गाईघाट बजारमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् । गाई चोकमा भेला भएर उनिहरुले प्रधानमन्त्री केपी ओलिको राजीनामा माग गरेर नाराबाजी गरिरहेका छ्न ।
सोमबार पनि युवाहरुले बजारमा प्रदर्शन गरेका थिए ।हिजो भन्दा आजको प्रदर्शनमा युवाहरुको सहभागिता बढी रहेको छ ।आन्दोलनको क्रममा काठमाडौ र इटहरीमा गरि १९ जनाको मृत्यु भए पछी जिल्लामा आन्दोलनको गति बढेको सहभागीहरुको भनाइ छ ।
काठमाडौमा हिजोको आन्दोलनको क्रममा उदयपुरको बेलका ४ हरिपुरका २७ बर्षिय सन्तोष बिकको गोलि लागेर मृत्यु भएको थियोे ।
यहाँ कमेन्ट गर्नुहोस्