कान्छो खवर । बिहिबार, साउन २३, २०८२

गाईघाट २२ साउन ।
साथीको घर जाने भनेर साउन १६ गते घरबाट निस्किएका मोरङ मिक्लाजुङ गाउपालिका ३ सुन्दरी चौकका ६० बर्षिय हिमप्रसाद पौडेलको अवस्था अझै थाहा हुन सकेको छैन ।
उनका छोरा पदम बुबाको खोजीमा केही दिनदेखि गाईघाटमा रहेका छन् ।घरदेखि हिडे पछी पौडेल धनकुटा हुदै उदयपुर सम्म आएको लोकेसन ट्याक गर्दा देखिएको छोरा पदमले बताए ।
बुवालाई फोन गर्दा कल लाग्ने तर फोन नउठेको उनले बताए ।साउन २० गते सम्म वहाको फोन चलिरहेको तर त्यस पछी भने फोन बन्द रहेको उनलेे बताए ।बुबा अन्तिम पटक बेलका नगरपालिकाको बोक्ताङमा रहेकोे लोकेसन ट्याकबाट देखिएको उनले बताए ।
घर परिबारमा त्यस्तो कुनै समस्या थिएन , कसै संग झैझगडा पनि भएको थिएन ।उनले भने , बुबाको घर परिबार छोडेर हिड्नु पर्ने कुनै बाध्यता थिएन ।तर बुवा अचानक हराउनु भयो ।उनले भने ।
उनले कसैले बुवा बारे जानकारी भएमा नजिकको प्रहरी र आफन्तलाई जानकारी गराएर सहयोग गर्न आग्रह गरेका छ्न ।