२४ आषाढ २०८२, मंगलबार

२४ आषाढ २०८२, मंगलबार

उदयपुर सिमेन्ट उधोगका कर्मचारीहरुले पाच महिनादेखि तलब भत्ता पाउन नसक्दा म्याद सकिन लागेका बोर्ड सदस्यहरुको बिदाइ समारोह उधोगको खर्च बाट

कान्छो खवर । सोमबार, आषाढ २३, २०८२

गाईघाट  २३  असार  ।

म्याद सकिन लागेका बोर्ड सदस्यहरुको बिदाई कार्यक्रकोलागि उधोगका  निमित्त महाप्रबन्धक महेश साह उधोगबाट पेश्की रकम  लिएर सोमबार राजधानी तर्फ लागेका छ्न ।

गत फागुन देखि कर्मचारीले तलब भत्ता पाउन नसकेको अबस्थामा निमित्त महाप्रबन्धक साहले आइतबार उधोगबाट ७० हजार पेश्की रकम निकालेका छ्न ।उनले उक्त पैसाबाट ५ जना बोर्ड सदस्यहरुलाई बिदाइ समारोहको आयोजना गर्दै संमान पत्र पनि दिने कार्यक्रम रहेको उधोगका एक कर्मचारीले बताए ।

बोर्ड सदस्यहरु  देबि बराल , लिल बहादुर बस्नेत , कुबेर राई , रमेश चौधरी र मिरा लामिछानेको यहि असार २६ गते तीन बर्षिय म्याद  सकिन लागेकोछ । म्याद सकिन लागेको बोर्ड सदस्यहरुलाई अहिले सम्म उधोगले पैसा खर्च गरेर संमान गरेको कुनै रेकर्ड छैन ।

उधोगमा   कर्मचारीहरुले   नियमित तलब भत्ता पाउन नसकेको अबस्थामा निमित्त जिएम साहले उधोगबाट खर्च गरेर  उनिहरुको बिदाई संमान  किन  गर्न लागेको भन्ने बारे केहि जानकारी आउन सकेको छैन ।उनलाई सम्पर्क गर्न खोज्दा उनी सग सम्पर्क हुन सकेन ।

जिम साहले आइतबार मात्र उधोगमा आबद्ध सबै ट्रेड युनियनका ७ जना पदाधिकारीलाई काठमाडौ पठाएका छ्न ।उधोगको बस्तु स्थिती बारे जानकारी गराउन र उधोग सन्चालनमा लबिङ गर्न उनिहरुलाई उधोग मन्त्रालय पठाएका हुन ।

लामो समय बन्द भएर उधोग गत बैशाखमा सन्चालनमा आएको थियोे ।१५/१६ दिन चलेर उधोग पुनः बन्द भएको छ ।कोइलाको अभावमा बन्द भएको उधोग अझै सन्चालन हुन सकेको छैन ।

यहाँ कमेन्ट गर्नुहोस्