१५ फाल्गुण २०८२, शुक्रबार

राजनैतिक नेतृत्व कुनै न कुनै रूपमा भ्रष्टाचारमा जोडिएको छ : कोशी प्रदेशका सभामुख बिष्ट

कान्छो खवर । शनिबार, आषाढ २१, २०८२

गाईघाट  २१   असार  ।

कोशी प्रदेशका सभामुख अमरबहादुर बिष्टले मुलुकमा डरलाग्दो रूपमा भ्रष्टाचार बढी रहेकोे बताएका छ्न । तल देखि माथि सम्म बढी रहेकोे भ्रष्टाचारमा कुनै न कुनै रूपमा राजनैतिक नेतृत्व जोडिने गरेको उनले बताए ।

जिल्ला उधोग बाणिज्य संघ उदयपुरको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो जिल्ला अधिबेशनको सनिवार उद्घाटन गर्दै सभामुख बिष्टले स्थानिय उत्पादन बाहिर निर्यात गर्न नसकीरहेकोे अबस्थामा आयात बढेर गइरहेको जस्को कारण मुलुकको आर्थिक अबस्था दयनीय बन्दै गइरहेको बताए ।

भुकम्प पछी कोरोनाको कारण खस्किएको ब्यापार ब्याबसायमा केहि सुधार हुदै गइरहेको अबस्थामा बैंकहरुले बढी नाफा कमाउने उदेश्यले ब्यापारीहरुलाई चर्को ब्याज लिएर ढाड सेक्ने काम गरेर आर्थिक क्षेत्रलाई तहस नहस बनाएको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्