कान्छो खवर । मंगलबार, आषाढ १०, २०८२

गाईघाट १० असार ।
उदयपुरको उदयपुरगढी गाउपालिकाले आगामी बर्षकोलागि ६८ करोड ४० लाख ५ हजार १ सय रुपैयाको बजेट सार्वजनिक गरेको छ ।
उपमेयर जीतबहादुर खड्काले मंगलबार गाउपालिकाको १५औं गाउपालिकाको गाउसभामा चालु आर्थिक बर्षको बजेट सार्वजनिक गरेका छन् ।
नीति तथा बजेट सार्वजनिक कार्यक्रममा खड्काले चालु तर्फ ४१ करोड ४९ लाख ८५ हजार ८६४ रुपैया र पुजीगत तर्फ २६ करोड ९० लाख १९ हजार १६७ रुपैया बिनियोजित गरिएको बताए ।
गाउपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बजेटमा भौतिक पुर्बधार र खानेपानीमा बढी महत्त्व दिइएको बताए । गाउपालिकामा सडक बाटो र स्थानियलाई पिउने पानीको समस्या रहेकोेले उक्त क्षेत्रमा बढी बजेट बिनियोजित गरिएको उनलेे बताए ।
यहाँ कमेन्ट गर्नुहोस्