११ आषाढ २०८२, बुधबार

चौदण्डिगढी नगरपालिकाको बजेट १ अरब १३ करोड ३५ लाख ४१ हजार ६२ रुपैया

कान्छो खवर । सोमबार, आषाढ ०९, २०८२

गाईघाट   ९  असार  ।

उदयपुरको चौदण्डिगढी नगरपालिकाले आर्थिक बर्ष २०८२/८३ को लागि १ अरब १३ करोड ३५ लाख ४१ हजार ६२ रुपैयाको बजेट प्रस्तुत गरेको छ ।

नगरप्रमुख कालुमान तामाङको अध्यक्षतामा सोमबार बसेको अठारौं नगरसभाको दोस्रो बैठकमा नगरपालिकाकि उपप्रमुख मनिकादेबि दुलालले उक्त बजेट प्रस्तुत गरेकी थिइन् ।।

नगरपालिकाको आफनै स्रोत , नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शिर्षकमा प्राप्त हुने अनुदान रकमबाट बिनियोजित बजेटको चालु खर्च तर्फ ४२ करोड ८० लाख र पुजीगत खर्च तर्फ २१ करोड ८० लाख ४६ हजार र बित्तीय ब्यबस्थापन तर्फ ४९ करोड ४७ लाख ३६ हजार ४६२ रुपैया बिनियोजन गरेको छ ।

बजेट बक्तब्यमा नगरबासीको भावना बमोजिम शिक्षा युवा तथा खेलकुद अन्तरगत ३१ करोड ३४ लाख ६ हजार ९६२ रुपैया बिनियोजित गरिएको छ ।त्यसै गरि स्वास्थ तर्फ २ करोड २१ लाख ३१ हजार र कृषि बिकासमा ७२ लाख ५० हजार रुपैया बिनियोजित गरिएको छ ।

सुन्दर , समृद नगर बनाउने अभियान हरेक नगरबासीको मुहार मुस्कान भन्ने मुल नारा अनुसार आबधिक योजना अधाबधिक गरी स्थानिय आबस्यक्तालाई सम्बोधन गर्नु हाम्रो कर्तव्य हो बक्तब्यमा भनिएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्