११ आषाढ २०८२, बुधबार

कटारी ठाटीको जंगलमा एक महिलाको शब फेला

कान्छो खवर । बिहिबार, जेठ ३०, २०८२

गाईघाट  २९  जेष्ठ  ।

कटारीमा बुधबार दिउसो सडेगलेको अबस्थामा एक महिलाको शब फेला परेको छ । कटारी नपा ११ ठाटीस्थित सिद्धिचरण लोकमार्गदेखि झन्डै १ सय मिटर तल जङ्गलमा एक महिलाको शब भेटिएको प्रहरीले जनाएको छ ।

सल्लेरी बनमा सडेको शब फेला परेको जानकारी आए पछी प्रहरीले घटना स्थलमा पुगेर अनुसन्धान सुरु गरेको एसपि हरिहरनाथ योगीले बताए । शबबाट  पाउजु र नेल पोलिस बरामद भएकोले शब महिलाको रहेको खुलेको उनले बताए ।

तराईमुलको जस्तो देखिएको र अनुहार चिन्न नसकिने अबस्थामा शब फेला परेको प्रहरीले जनाएको छ । शब पोस्ट मार्टमकोलागि कटारी प्रादेशिक अस्पतालमा लगिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्