१८ आषाढ २०८२, बुधबार

सप्तकोसीमा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता , खोजी कार्य जारी

कान्छो खवर । बिहिबार, जेठ २३, २०८२

गाईघाट  २३  जेष्ठ  ।

सप्तकोसीमा सशस्त्र प्रहरीका गोताखोर टोलिका दुई जवान बिहिवार दिउसो बेपत्ता भएका छ्न। कोशी ब्यारेज नजीक खोज तथा उद्धार अभ्यास गरिरहेका सशस्त्र प्रहरी मुख्यालय बर्दिबासका जवान सुरज साउद र हर्देब राजबङ्शी कोशीमा बेपत्ता भएको सशस्त्र प्रहरी बलका सह-प्रबक्ता शैलेन्द्र थापाले बताए ।

ब्यारेज भन्दा केहि तल अभ्यासको क्रममा कोसीमा उनिहरु डुबेर बेपत्ता भएको उनले बताए ।बेपत्ताहरुको खोजी भैरहेको तर अझै फेला नपरेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्