२७ बैशाख २०८२, शनिबार

सप्तकोसीमा हामफालेर आत्महत्या गर्न खोज्ने एक ब्यक्तिको उपचारको क्रममा मृत्यु

कान्छो खवर । बुधबार, बैशाख २४, २०८२

गाईघाट  २४  बैशाख  ।

सप्तकोसी पुलबाट हामफालेर एक जनाले आत्महत्या गरेका छन् ।उदयपुरको बेलका नगरपालिका ८ कोठुस्थित सप्तकोसीको पुलदेखि मंगलबार  बिहान १०.४५ बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका १ का ५२ बर्षिय मकर जंग राईले कोशीमा हामफालेका थिए ।

राईले कोशीमा हामफाले लगत्तै उक्त सूचना प्रहरी कहाँ पुगे पछि तत्कालै कोठु अस्थायी प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले राईलाई कोशीबाट उद्गार गरि बाहिर निकालेका थिए ।

बिहोश अबस्थामा उद्घार गरिएको राईलाई उपचारकोलागि धरान स्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा लगिएकोमा उनको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

उक्त घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्