२६ बैशाख २०८२, शुक्रबार

टिम्बुर बोटे काण्डका जिउँदो सहित राईको निधन , त्रियुगा नदिमा बिहिवार दाहसस्कार गरियो

कान्छो खवर । बिहिबार, बैशाख ११, २०८२

गाईघाट  ११  बैशाख ।

टिम्बुर बोटे कान्डका जीउँदो सहिद भगिबन्त राईको निधन भएको छ ।पक्षघात र पेट सम्बन्धि रोगबाट पीडित राईको बुधबार साझ  उदयपुरको बसाहामा ७६ बर्षको उमेरमा निधन भएको हो ।

उदयपुरको चौदण्डिगढी नगरपालिका ४ मा लामो समय देखि बस्दै आएका राई नेपाली काङ्ग्रेसका नेता बिपि कोइरालाको नेतृत्वमा २०३०/२०३१ सालमा पन्चायत ब्यबस्था विरुद्ध गरिएको सशस्त्र क्रान्तिको बेला टिम्बुर बोटे कान्डमा बाच्न सफल भएका थिए ।

ओखलढुंगा आक्रमण गर्न क्यापटेन यज्ञ बहादुर थापाको नेतृत्वमा गएको ५२ जनाको टोलिमा राई समेत रहेका थिए ।बिक्रम सम्बत २०३१ पौष १ गते बिहान ५.३० बजेको समयमा सोलुखुम्बुको तिङगला गाउको टिम्बुर बोटे जङ्गलमा तत्कालीन शाही नेपाली सेनाले चारैतिरबाट घेरा हालेर सशस्त्र आन्दोलनमा सरिक भएका आन्दोलनकारीको हत्या गरेको थियो ।

उक्त घटनामा नेपाली काङ्ग्रेसका होनहार युवाहरु राम लक्ष्मण सहित १३ जना स्वतन्त्र सेनानीहरु मारिएका थिए ।इतिहासमा उक्त घटनालाई टिम्बुर बोटे घटना भनेर चिनिने गरिन्छ ।

राईको २ छोरा ३ छोरी छ्न । बेल्टार स्थित त्रियुगा नदिमा बिहिवार बिहान राईको शबमा पार्टीको झन्डा ओढाएर किरात परम्परा अनुसार दाहसस्कार गरिएको नेपाली काङ्ग्रेसका युवा नेता काजी राईले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्