कान्छो खवर । बुधबार, बैशाख १०, २०८२

गाईघाट १० बैशाख ।
खोटाङमा मंगलबार राति ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ऐंसेलुखर्क गाउपालिकाको कालिका माबि नजिकैको घुम्तीमा प्रदेश २ -०१-००१ त १५६४ नम्बरको ट्याक्टरले ठक्कर दिदा सडकको डिलमा बसेर पिसाब गरिरहेका ऐंसेलुखर्क १ राबाबाङ्देल डुम्रेका ४५ बर्षिय यादबराज राईको घटनास्थल मै मृत्यु भएको हो ।
वडा कार्यालय हुदै तल फेदी तर्फ तीब्र गतिले कुदिरहेको उक्त ट्याक्टर अनियंत्रित हुदै सडक छेउमा पुगेर राईलाई ठक्कर दिएको प्रहरी निरीक्षक सुशान्त मिश्रले बताए ।
ठक्कर दिने ट्याक्टर र चालक सुजन खड्कालाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान भैरहेको उनले बताए ।मृतक राईको शब पोस्टमार्टमकोलागी प्राथमिक स्वास्थ केन्द्र ऐंसेलुखर्कमा राखिएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्