२६ बैशाख २०८२, शुक्रबार

भारतको श्रीनगरमा आतंककारी हमला , एक नेपाली सहित २७ को मृत्यु

कान्छो खवर । बुधबार, बैशाख १०, २०८२

गाईघाट  १०  बैशाख ।

भारतको श्रीनगरमा मंगलबार भएको आतंककारी हमलामा एक नेपाली सहित २७ जनाको मृत्यु  भएको छ ।

६ , ७ जनाको संख्यामा रहेकोे बन्दुकधारीले  श्रीनगर देखि ९० किमि टाढाको  पर्यटकीय स्थल पहलगाममा रमाइलो गरिरहेका पर्यटकमाथि अन्धाधुन्ध गोलि प्रहार गरेको भारतीय सन्चार माध्यमहरुले जनाएका छ्न ।

उक्त घटनामा नेपालका संदिप न्यौपानेको समेत मृत्यु भएको तर उनि कहाको भन्ने बारे केहि खुलाइएको छैन । परराष्ट्र मन्त्रालयले घटनामा नेपाली परे नपरेको बारे खोजी सुरु गरेको जनाएको छ ।

उक्त घटनाको रेसिस्टेन्ट फ्र्न्ट “टिआरएफ नामक आतंककारी संगठनले लिएको छ ।आतंककारी हमलाको बिश्व भरीबाट निन्दा गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्