२९ बैशाख २०८२, सोमबार

उदयपुरका दुई युवा लागूऔषध ब्राउन सुगर सहित बिराटनगरबाट पक्राउ

कान्छो खवर । बुधबार, चैत्र १२, २०८१

गाईघाट  १३  चैत  ।

उदयपुरका दुई युवा ब्राउन सुगर सहित बिराटनगरबाट पक्राउ परेका छ्न ।लागूऔषध न्यूनीकरण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मंगलबार उनिहरुलाई नेपाल भारत सिमाको १ नम्बर ढाटबाट पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

भारतीय बजार जोगबनी देखि आउदै गरेको उनिहरु सवार प्र-१-०४-००२ प १०२७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक उदयपुरको चौदण्डिगढी नगरपालिका ६ का २७ बर्षिय पेशल बस्नेतको साथबाट १ ग्राम ४८ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको हो ।

प्रहरी मोटरसाइकलको सिट कोभर भित्रबाट नेट्राभेट १० नामको १५ ट्याबलेट समेत बरामद गरेको छ। मोटरसाइकल पछि बस्ने सोही ठाउका २३ बर्षिय गगन खतिवडालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

बरिस्ठ प्रहरी उपरीक्षक भिमबहादुर दाहालले पक्राउ परेका दुबै जना लागूऔषध सेबनकर्ता भएको र उनिहरु विरुद्ध छानबिन सुरु गरेर मुद्दा  चलाउने तयारी भैरहेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्