२९ बैशाख २०८२, सोमबार

घुर्मी खोला किनारमा बोरा भित्र शब फेला , हत्या गरेर फ्यालेको आसङ्का

कान्छो खवर । मंगलबार, चैत्र ११, २०८१

गाईघाट   १२  चैत ।

सिरहाको गोबिन्दपुरस्थित घुर्मी खोलाको बगरमा मंगलबार बिहान बोरा भित्र शब फेला परेको छ ।

गोलबजार नगरपालिका ९ गोबिन्दपुरस्थित उक्त नदिको किनारमा फेला परेको बोरा भित्र कुहिएको अबस्थामा शब फेला परेको प्रहरीले जनाएको छ ।स्थानिय बासिन्दाले बोरा भित्रबाट दुर्गन्ध फैलिएको देखेर प्रहरीलाई खबर गरे पछी प्रहरी टोलि आएर बोरा खोल्दा शब भेटिएको डिएसपी पन्चकुमार बाखुले बताए ।

उनले शबको पोस्टमार्ट्मको तयारी भैरहेको बताए ।शब कुहिएकोले पहिचान हुन नसकेको उनले बताए ।शब कस्को र कस्ले बोरा भित्र राखेर खोलामा फ्याकेको भन्ने बारे खुल्न नसकेको तर प्रहरीले अनुसन्धान सुरु गरेको डिएसपी बाखुले बताए ।

गत फागुन २९ गते देखि हराईरहेकी सोही गाउकी १३ बर्षीया भुल्सना खातुनको हुन सक्ने स्थानियहरुले अनुमान गरेका छ्न ।४ कक्षामा अध्यनरत खातुन हराएको घटना पछ्यात आफन्तले खोजीकोलागि प्रहरीमा तत्काललै उजुरी समेत गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्