२९ बैशाख २०८२, सोमबार

चट्याङ लागेर एक महिलाको मृत्यु

कान्छो खवर । शनिबार, चैत्र ०८, २०८१

गाईघाट  ९  चैत ।

खोटाङमा चट्याङ लागेर शनिबार बिहान एक महिलाको मृत्यु भएको छ ।बिहानी पख पानी परे पछी घर आगनको सामान उठाउने क्रममा एक्कासि परेको चट्याङ लागेर केपिलासगढी गाउपालिका ७ सुङदेलकि ४५ बर्षिया दिलकुमारी राईको घटना स्थल मै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक मोहन पोख्रेलले बिहान ४.३५ बजे उक्त घटना भएको र राईको तत्काल मृत्यु भएको बताए ।शबको पोस्ट मार्टमको लागि अस्पताल ल्याउदै गरेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्