कान्छो खवर । सोमबार, चैत्र ०३, २०८१

गाईघाट ४ चैत ।
त्रियुगा नगरपालिकाको दमकल लामो समय देखि बिग्रीएर थन्किएको छ ।हावाहुरीको मौसम सुरु भैसक्दा समेत उक्त दमकल मर्मत सम्भार गरेर चलाउने तर्फ कसैले चासो नदेखाउदा बिगत ३ महिना देखि बस पार्कमा थन्किएर बसेको छ ।
हावाहुरीको मौसम सुरु भए संगै आगलागीको घटना तीब्र रूपमा हुने समयमा बिग्रीएको दमकल मर्मत सम्भार नगरपालिकाले नगर्दा नगरबासी अचम्मित भएका छ्न ।दमकल जस्तो अति आबस्यक साधनलाई चौबीसै घण्टा तयारी हालतमा राख्नु पर्नेमा नगरपालिकाले बेवास्ता गरेको कारण बिग्रीएको दमकलको मर्मत सम्भार हुन नसकेको पुर्ब नगरप्रमुख बलदेव चौधरीले बताए ।
यो सबै जनप्रतिनिधिको हेलचेक्राइको कारणले भएको हो , एम्बुलेन्स र दमकल जस्ता अति आबस्यक बाहनहरुलाई चौबीसै घन्टा सन्चालन गर्नुपर्ने भएकोले तयारी हालतमा राख्नुपर्नेमा बेवास्ता गरेर नगरबासीको जीवन सग खेलबाड गरिएको उनलेे बताए ।
हावाहुरी चले संगै जिल्लामा बन क्षेत्र बढी भएकोले आगलागीको घटना बढी हुने र बर्सेनि आगलागीबाट ठुलो क्षती हुने गरेको सहायक बन अधिकृत पुण्य पौडेलले बताए । नगर क्षेत्र आसपास घना बनजङ्गल रहेकोेले जङ्गलमा आगलागी हुँदा आसपासका बस्तीमा आगो फैलिने धेरै संभावना रहेकोेले दमकललाई सधैं तयारी हालतमा राख्नुपर्ने उनलेे बताए ।
त्रियुगामा कम्तीमा २ वटा दमकलको आबस्यक्ता रहेको उनलेे बताए ।
प्रमुख प्रशासकीय अधिकृत रामकुमार कोइरालाले बिग्रीएको दमकल तत्काल मर्मत सम्भार गर्न पठाएको बताए ।म पनि भर्खरै आएकोले जानकारी हुना साथ आजै इटहरी मर्मतकोलागि पठाएको बताए ।