३० बैशाख २०८२, मंगलबार

सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

कान्छो खवर । शुक्रबार, फाल्गुण २३, २०८१

गाईघाट   २३   फागुन  ।

मोटरसाइकल र अटो सफारी  एक आपसमा ठोकिदा शुक्रबार मोटरसाइकल चालकको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको छ ।

मदन भण्डारी राजमार्ग अन्तरगतको त्रियुगा नगरपालिका ९ राजाबासमा साझ ५ बजे भएको उक्त दुर्घटनामा गम्भीर रुपमा घाइते भएका मोटरसाइकल चालक मोरङ लेटाङ नगरपालिका ७ का २६ बर्षिय अजय लिम्बूको उपचारको क्रममा  जिल्ला अस्पताल उदयपुरमा साझ  ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त राजमार्गको मथाने टोलमा प्रदेश १ -०५-००१-ह ०३१० नम्बरको अटो बाटो क्रस गर्ने क्रममा सोही दिशाबाट आउदै गरेको प्रदेश -१-०२ -०४-प ५७४३ नम्बरको मोटरसाइकल संग एकआपसमा ठोकिएको प्रहरीले जनाएको  छ ।दुर्घटनामा गम्भीर रूपमा घाइते लिम्बूको उपचारको क्रममा मृत्यु  भएको  हो ।

अटो चालक त्रिनपा ७ का ३८ बर्षिय भुसेलाल दनुवारलाई प्रहरीले नियन्त्रणलाई लिएको छ । बिहीबार साझ मात्र  गाईघाटको डिएम गेट भित्र भएको सवारी दुर्घटनामा परी दिदि बैनीको मृत्यु  भएको  थियोे ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्