३० बैशाख २०८२, मंगलबार

पिकअप भ्यानको ठक्करबाट गाईघाटमा दुई बालिकाको मृत्यु

कान्छो खवर । बिहिबार, फाल्गुण २२, २०८१

गाईघाट  २२  फागुन  ।

पिकअप गाडीको ठक्करबाट  बिहीबार साझ गाईघाट बजारमा दुई बालिकाको मृत्यु भएको छ ।

घरको तल्लो बरन्डामा बसिरहेको बेला  मालसामान बोकेर फर्निचर कारखाना तर्फ आउदै गरेको प्र १०५००१ च ००९१ नम्बरको बोलेरो  पिकअप भ्यानले बेलुकी ७ बजे ठक्कर दिदा त्रियुगा नगरपालिका  १२ डिएम गेट  पश्चिम् तर्फ बस्ने ललन दासकि १० बर्षिया छोरी देबि दास र १४ बर्षिया अनु दासको  घटनास्थल मै मृत्यु भएको ट्राफिक प्रहरीका वरिष्ठ सई लोक बहादुर दियालीले बताए ।

हात्तीमारा स्थित कारखाना तर्फ जादै गरेको बेला  उक्त गाडी अनियंत्रित भएर घरमा पसेको  स्थानिय बिश्वनाथ साहले बताए । ठक्कर दिने उक्त   गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको सई दियालीले बताए ।

चालकले मदिरा सेबन गरेर गाडी चलाएकोले उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।चालक घटना पछी फरार रहेका छ्न । मृतक बालिकाहरुको शब जिल्ला अस्पताल उदयपुरमा राखिएको ट्राफिक प्रहरी भुबन राईले बताए

यहाँ कमेन्ट गर्नुहोस्