०२ कार्तिक २०८२, शनिबार

निर्माण ब्याबसायी संघ उदयपुरले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

कान्छो खवर । आइतबार, माघ ०६, २०८१

गाईघाट   ६  माघ  ।

निर्माण ब्याबसायी संघ उदयपुरले १४ सुत्रीय माग राखी आइतबार जिल्ला प्रशासन कार्यालय उदयपुर मार्फत प्रधानमन्त्री केपि शर्मा ओलिलाई ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष कौशल आचार्यको नेतृत्वमा गएको पढाधिकारी र ब्याबसायीको टोलिले प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन ।

निर्माण काॠ सुरु हुने सिजनमा सिमेन्ट उधमीहरुबाट बिना ठोस कारण र खुलेआम कालोबजारी गरि सिमेन्टको साथै फलामे डन्डी लगायतका निर्माण सामाग्रीमा भैरहेको चर्को मुल्य वृद्धि , भुक्तानी अभाव ,सार्बजनिक खरिद नियमावलीको १३ औं संशोधनमा देखिएको देखिएको म्याद थप सम्बन्धि कानुनी जटिलता , रास्ट्र बैंकबाट निर्माण ब्यबसायीहरुलाई ऋणमा दिएको सुबिधा कटौती , बिगतका सहमति कार्यान्वयन , निर्माण आयोग गठन सहित १४ सुत्रीय माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा माघ १५ गते सम्म नेपाल सरकारलाई अल्टिमेटम दिने र सो अबधिमा माग पूरा नभए चरणबध्द रूपमा आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्