कान्छो खवर । आइतबार, माघ ०६, २०८१

गाईघाट ६ माघ ।
उदयपुर देउरीका एक युवकको बसको ठक्करबाट लहानमा आइतबार मृत्यु भएको छ । सिरहाको मिर्चैया देखि घर तर्फ श्रीमती र छोरी सहित बा १८ प ८३२५ नम्बरको मोटरसाइकलमा आउदै गरेका ४२ बर्षिय योगेन्द्र भन्ने किरण थापाको स्कुल बसको ठक्कर बाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
मिर्चैया स्थित स्वस्तिका बोर्डिङ स्कुलमा लेखापाल रहेका थापा चडेको मोटरसाइकललाई लहान नगरपालिका १२ स्थित बाटिका होटेल अगाडि संकल्प बाटिका स्कुलको प्र २ -००-००१ नम्बरको बसले बिपरित दिसाबाट ठक्कर दिएको थियोे ।
दुर्घटनामा मृतक थापाकि पत्नी सुधाको अबस्था सामान्य रहेको छ भने छोरी शैलजाको अबस्था गम्भीर रहेकोले काठमाडौ स्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखिएको मृतकका भाइ ज्योति थापाले बताए ।
घटना लगत्तै घाइतेहरुलाई हेलिकप्टर मार्फत उपचारको लागि काठमाडौ मेडिसिटी अस्पताल लगिएकोमा चिकित्सकले थापालाई मृत घोषित गरेको ज्योतिले बताए । उनले घटना लगत्तै दाईको मृत्यु भएको हुन सक्ने बताए ।
ठक्कर दिने बस र चालक दिपेश कुमार चौधरी लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।