कान्छो खवर । मंगलबार, साउन १५, २०८१

गाईघाट १५ साउन ।
खोटाङमा बैकिङ कसुर मुद्दामा फरार एक युवा पक्राउ परेका छ्न ।दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका ४ खाल्लेका ३५ बर्षिय रोशन राई पक्राउ परेका हुन ।
राईलाई प्रहरीले साउन ११ गते भक्तपुरबाट पक्राउ गरि आइतबार खोटाङ ल्याएर अदालतबाट ३ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको खोटाङ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।
राईले खातामा पैसा नभएको चेक दिएर ठगी गरेको प्रहरीमा उजुरी परे पछी उनि फरार थिए ।रुपाकोट नपा २ का काजी प्रसाद आचार्यलाई राईले २०८१ जेष्ठ १० गते २० लाख ६४ हजारको चेक दिएका थिए ।आचार्यले एनआईसि बैंकको उक्त चेक सटही गर्न जादा खातामा पैसा नभएकोले भुक्तानी नभएको प्रहरीले जनाएको छ।
खातामा पैसा नभएको चेक दिएर ठगी गरेको भन्दै राई विरुद्ध आचार्यले प्रहरीमा उजुरी दिए पछी उनि फरार रहेको खड्काले बताए । राई विरुद्ध चेक बाउन्समा मुद्दा चलाइएको उनले बताए ।