१४ भाद्र २०८३, आइतबार

१४ भाद्र २०८३, आइतबार

मुख्यमन्त्री केदार कार्की द्वारा बैजनाथ खोलाको पूल उद्घाटन

कान्छो खवर । सोमबार, चैत्र १९, २०८०

फोटो :ऋषि

गाईघाट १९ चैत ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलेले सरकारले भौतिक पुर्बधार संगै मानबिय बिकासमा जोड दिएर बिकासको कामलाई तीब्र गतिले अघि बढाई रहेको बताएका छ्न।

कटारी नगरपालिका ६ र ७ वडा जोड्ने बैधनाथ खोलामा निर्माण भएको पक्की पूलको सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कालोपत्रे सडक निर्माण गरेर मात्र बिकासको लक्ष्य पुरा हुन नसक्ने भन्दै मानिसको भबिश्य उज्वल बनाउने मानबिय बिकास गर्न सरकार लागि परेको बताए ।

उनले सरकारले बालबालिकाको शिक्षा र स्वास्थमा केन्द्रित रहेर प्रभाबकारि कार्यक्रम सुरु गरिसकेको बताए ।पहिलो चरणमा १० बर्ष मुनिका बालबालिकालाई निशुल्क स्वास्थ उपचार सेवा सुरु गरिसकेको उनले बताए ।अहिले हामीले केहि निजि अस्पताल सङ सम्झौता गरेर कार्यक्रम सुरु गरेकोमा अब सबै सरकारी अस्पताल बाट यो सेवा सुरु गर्न लागेको उनले बताए । अब सबै बालबालिकाको पढाइ र स्वास्थ उपचार प्रदेश सरकारले जिम्मा लिने मुख्यमन्त्री कार्कीले बताए ।

कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले पूल निर्माण पछी यस भेगका बासिन्दालाई निकै फाइदा पुगेको बताए ।उनले कृषि क्षेत्रको बिकास गर्न कृषकहरुलाई बिउबिजन र मलमा बिशेश अनुदान दिने गरि सरकारले निति बनाएर काम गर्न लागेको बताए ।

प्रदेश सरकार सडक पुर्बधार तथा शहरी बिकास मार्फत १४ करोड ९४ लाख ७३ हजारको लागतमा निर्माण भएको पूल निर्धारित समय भन्दा ५ महिला अघि निर्माण सप्पन्न भएको हो ।२ बर्ष भित्र निर्माण गरि सक्नु पर्ने उक्त पूल केम इन्जिनियर्स बिल्डर्स प्रालिकाठमाडौले निर्माण गरेको हो ।८४.२० मिटर लम्बाइ र ८.२० मिटर चौडाइको पूल २.४० मिटरको स्पान रहेको पुर्बाधार कार्यालय उदयपुरका प्रमुख डिई रमेश चौधरीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्