कान्छो खवर । बिहिबार, भाद्र ११, २०८३
गाईघाट ११ भदौ ।
त्रियुगा नगरपालिकाले बिपद प्रभावित नागरिकको उद्घार तथा राहतकोलागि प्रधानमन्त्री दैबी प्रकोप उद्घार तथा राहत कोषमा १६ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको बिहिवार बसेको बैठकले समपुर्ण जनप्रतिनिधि , कर्मचारी र शिक्षकको तर्फबाट उक्त रकम कोषमा जम्मा गर्ने निर्णय भएको मेयर बसन्त बस्नेतले बताए । हामीले जनप्रतिनिधि , कर्मचारी र शिक्षकको एक दिनको तलब र नगरपालिकाबाट ५ लाख दिने निर्णय गरेका छौं । उनले भने ।
उनले रोजगारी र कामको सिलसिलामा बाढी प्रभावित क्षेत्रमा रहेका त्रियुगा नगरपालिकाका एघार जना बुधबारदेखि सम्पर्क बिहिन रहेकोमा उनिहरुको खोजी तथा उद्घारमा आज ६ जना युवाको टोलि प्रभावित क्षेत्रमा पठाएको बताए ।
टोलि परिचालनकोलागि २ लाख नगद समेत नगरपालिकाले उपलब्ध गराएको उनले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्