०८ भाद्र २०८३, सोमबार

सवारी दुर्घटनामा गम्भीर रूपमा घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु , मृतकको संख्या तीन पुग्यो

बेलका सवारी दुर्घटना अपडेट

कान्छो खवर । सोमबार, भाद्र ०८, २०८३

गाईघाट  ८   भदौ  ।

सवारी दुर्घटनामा गम्भीर रूपमा घाइते भएका अर्का एक जनाको उपचारको क्रममा अहिले दिउसो मृत्यु भएको छ ।

धरानस्थित बिपि स्वास्थ बिज्ञान प्रतिस्ठानमा उपचारको क्रममा अटो चालक बेलका नगरपालिका ५ का २८ बर्षिय ईन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बेलकाको जहडामा अटो र बोर्डिङ स्कुल बस एकआपसमा ठोक्किएर दुर्घटना हुदा अटोरिक्सामा सवार दुई महिलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते अन्य दुइको बिपि मै उपचार भैरहेको छ ।

दुई मध्ये एकको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्