कान्छो खवर । शनिबार, भाद्र १३, २०८३
गाईघाट १३ भदौ ।
प्रेस युनियन उदयपुरको सातौ जिल्ला अधिबेशनले बिश्वराज तामाङलाई अध्यक्षमा चयन गरेको छ ।शुक्रबार भएको अधिबेशनले उनी सहित सबै कार्य समितिका पदहरुमा निर्बिरोध भएको हो ।
युनियनको उपाध्यक्षमा अस्मित पौडेल , महिला उपाध्यक्षमा अनिता कार्की , सचिव किरण ढुंगाना , सहसचीव कुमार अविरल र कोषाध्यक्ष अमित तामाङ रहेका छन् ।
त्यसै गरि सदस्यहरुमा सन्जिब चौधरी , रमेश मग्राती ,सुमन सागर खतिवडा ,मनिला राई , बिज्ञान पराजुली ,ढबिन्द्र मगर , मिथुन ठाकुर र यसोदा पोखरेल रहेका छ्न ।
केन्द्रिय पार्षदहरुमा श्याम राई , भक्तीबिलास पोख्रेल , केदार थापा , नवीन राई , बिदुर खड्का , परशुराम थापा , सन्तोषीकला तामाङ र यमुना आले मगर रहेका छन् ।
केन्द्रिय समितिमा रहेकाले गोपाल पोख्रेल र डिल्लीराम खतिवडा समेत केन्द्रीय पार्षद रहेको युनियनका अध्यक्ष तामाङले बताए ।