११ भाद्र २०८३, बिहिबार

११ भाद्र २०८३, बिहिबार

बाढी प्रभावित क्षेत्रबाट उदयपुरका एघार जना सम्पर्क बिहिन , खोजी तथा उद्घारकोलागि त्रियुगा नगरपालिकाले छ जनाको टोलि प्रभावित क्षेत्रम पठायो

कान्छो खवर । बिहिबार, भाद्र ११, २०८३

गाईघाट  ११ भदौ  ।

बाढी प्रभावित क्षेत्रमा रहेका उदयपुरका ११ जना सम्पर्क बिहिन भएका छन् । रोजगारी तथा कामको सिलसिलामा रसुवा र त्रिशुलीमा रहेका उनिहरु बुधबारको बाढी पछी सम्पर्क बिहिन भएको प्रहरीले जनाएको छ ।

रसुवामा आएको बाढी पछी सम्पर्क बिहिन भएका उनिहरुको खोजी तथा उद्घारमा  त्रियुगा नगरपालिकाले बिहिवार ६ जना युबाहरुको टोलि प्रभावित क्षेत्रमा पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले अहिलेसम्म ११ सम्पर्क बिहिन भएको जनाएको छ । परिबारका आफन्तको जाहेरीको आधारमा सम्पर्क बिहिनको सुची सार्बजनिक गरिएको हो ।

सम्पर्क बिहिन हुनेहरुमा त्रियुगा नगरपालिका १ रुपनीका २७ बर्षिय बालकुमार राई , वडा नम्बर ४ बगाहाका ४२ बर्षिय देबेन्द्र घिमिरे , वडा नम्बर ७ चकलघाटका ४० बर्षिय ध्रुव बस्नेत , वडा नम्बर १० का २३ बर्षीया मनिका बिश्वकर्मा उनकी ५ बर्षिय छोरा रियाज रहेका छन् ।

त्यसै गरि त्रियुगा १४ बाजगराका भेषराज माझी , २० बर्षिय मिलन माझी र ३२ बर्षिय चन्द्र बहादुर माझी रहेको प्रहरीले जनाएको छ ।

सम्पर्क बिहिन हुनेमा कटारी नगरपालिका ५ सोक्लाहका २० बर्षिय बुद्धिमान नेपाली , लिम्चुङबुङ गाउपालिका ४ बलम्ताका २४ बर्षिय सुमन समीर राई र उदयपुरगढी गापा ७ तिरिबासका ३१ बर्षिय अरुण मगर रहेकोे प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्