कान्छो खवर । मंगलबार, फाल्गुण २२, २०८०

गाईघाट २२ फागुन ।
पाराग्लाईडिङ गर्ने क्रममा दुर्घटना भएर रुखमा अड्किएका दुई प्याराग्लाइडरको सकुशल उधार गरिएको छ ।त्रियुगा नगरपालिका ११ स्थित रमिते डाडा देखि शुक्रबार दिउसो उडान गरिएको प्याराग्लाइडिङ गर्ने क्रममा तिब्र हावाको प्रभावले अनियंत्रित भै उनिहरु नबोदय सामुदायिक बन चप्पनको जंगलमा झन्डै ५० फिट अग्लो रुखमा खसेर अड्किएका थिए ।
उनिहरुलाई घटनाको जानकारी हुन साथ सशस्त्र प्रहरीबल नेपाल ५ त्रियुगा गण उदयपुर बाट खटिएका सुरक्षाकर्मिहरुले उधार गरेका थिए ।सकुशल उधार गरिएकाहरुमा पाईलट कास्की पोखरा उपमहानगर पालिका १८ सारङकोटका २९ बर्षिय रबिन्द्र ढकाल र त्रियुगा नगरपालिका ११ बिसाल नगरका २६ बर्षिय सिद्धांत बस्नेत रहेकाछ्न ।
यहाँ कमेन्ट गर्नुहोस्