०७ साउन २०८१, सोमबार

महसुल नबुझाउदा त्रियुगाको सडक बत्ति काट्न सुरु

कान्छो खवर । शुक्रबार, मंसिर १५, २०८०

गाईघाट १५ मंसिर ।
विद्युत प्राधिकरणले महसुल नबुझाएको भन्दै त्रियुगा नगरपालिकाको सडक बत्ति शुक्रबार देखि काट्न सुरु गरेको छ। लामो समय देखि सडक बत्तीको महसुल नगरपालिकाले नतिरेपछि प्राधिकरणले आज बाट सडक बत्ती काट्न सुरु गरेको प्राधिकरणका नासु दिपेस्वर शाहीले बताए ।
हामीले पटक , पटक विद्युतको महसुल बुझाउन मौखिक एबम लिखित रूपमा अनुरोध गरेका थियौ , तर नगरपालिकाले महसुल नबुझाएकोले जानकारी गराएर आज बाट नगर भरिकै सडक बत्तीको लाइन काट्न थालेको उनले बताए ।

नगरपालिकाले झन्डै २ करोड रुपैया सडक बत्तीको महसुल बुझाउन बाकी रहेको प्राधिकरणले जनाएको छ । नगरपालिकाले नगरको सबै वडामा सडक बत्ती जडान गरेको छ ।नगरलाइ उज्यालो बनाउने उदेश्य अनुरुप केहि दिन अघि मात्र ४२ लाख खर्च गरेर नगरपालिकाले बजार क्षेत्रमा आधुनिक सडक बतबत्ति जडान गरेको छ ।
बिधुत प्राधिकरणले सडक बत्ति काट्न सुरु गरे पछि आज बाट नगरपालिकाका सबै वडा अध्यारो हुने नगरपालिकाका वडा ११ का वडा अध्यक्ष सुमन्त कोइरालाले बताए ।
उनले लामो समय देखि बिधुत महसुल नतिरी हेल्चेक्राइ गर्दा नगरबासी अध्यारोमा बस्न बाध्य हुनुपरेको बताए । अब तत्कालै कसरी सडक बत्ति जोड्ने भन्ने तर्फ नगरपालिका लाग्नुपर्ने बताए ।
मेयर साब बाट तत्कालै पहल थाल्न समेत उनले आग्रह गरे ।

यहाँ कमेन्ट गर्नुहोस्