०४ आषाढ २०८१, सोमबार

अखिल नेता बानियाँमाथि खुकुरी प्रहार

कान्छो खवर । सोमबार, मंसिर ११, २०८०

अखिल सह- संयोजक बानियाँ

गाईघाट ११ मंसिर । ताप्लेजुङमा अखिलका जिल्ला सह- संयोजक विवेक बानिया माथि लेनदेन विवादमा सोमबार बिहान खुकुरी प्रहार गरिएको छ । फुङ्लिङ नगरपालिका -४ पाथीभरा होटेल नजिकै बानियालाइ बिहान १० बजे ३२ बर्शिय प्रेमराज लिम्बूले खुकुरी हानेर घाइते बनाएको कोशी प्रदेश प्रहरी कार्यालयक प्रबक्ता एसपि ऋषिराम कडेलले बताए । उनले सोही होटेल नजिकै बस्ने लिम्बु र बानियाँबीच पुरानो लेनदेन को बिषयमा झगडा भएपछि लिम्बूले आफु संघ रहेको खुकुरी झिकेर बानियाँलाई हानेर घाइते बनाएको उनले बताए । खुकुरी प्रहार बाट बानियाँको दाहिने घुडामा चोट लागेको प्रहरीले जनाएको छ। उनको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । घटना पछि फरार रहेका लिम्बूको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्