०४ आषाढ २०८१, सोमबार

६ फरार प्रतिवादी पक्राउ

कान्छो खवर । बुधबार, मंसिर ०६, २०८०

गाईघाट ६ मंसिर । विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका ६ जना प्रतिवादी पक्राउ परेकाछ्न ।प्रहरीले उनिहरुलाइ मंसिर १ गते देखि ४ गते भित्र पक्राउ गरेको जनाएको छ। अदालतले ज्यान मार्ने उद्योगमा ४बर्ष ११ महिना कैद सजायको फैसला गरेको तर फरार रहेका चौढणडिगढि नगरपालिका २ का ३१ वर्षका मान बहादुर कालिकोट , सवारी ज्यानसम्बन्धी मुद्दामा १ बर्ष ११ महिना ८ दिन कैद्सजाय पाएका सोही नगरपालिका १ का बर्ष २१ का परिबर्तित नाम १४-४-१ “A” लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । तेसैगरि बन मुद्दामा १८ दिन कैद सजाय तोकिएका त्रियुगा नगरपालिका ७ का बर्ष ५३ का प्रकाश बहादुर दनुवार , बन मुद्दामै ३ दिन कैद सजाय पाएका सोही वडाका बर्ष ४५ का सन्त बहादुर दनुवार , कुटपिट मुद्दामा १०० रुपैया जरिवाना तोकिएको चोकमान तामाङ र मरिचमान तामाङलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ। फैसला कार्योन्बनको लागि मंगलबार उनिहरु लाइ अदालत पठाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्