कान्छो खवर । बुधबार, कार्तिक १२, २०८३
गाईघाट ११ कार्तिक ।
गाडीको ठक्करबाट बुधबार बिहान उदयपुरको बेलका नगरपालिकाको रामपुर बजारमा एक महिलाको मृत्यु भएको छ ।
बिहान मर्निङवाकमा निस्किएको बेला गाडीको ठक्करबाट बेलका नपा ९ रामपुर बजार निबासी ५६ बर्षीया लक्ष्मी राईको मृत्यु भएको हो । प्र- १ -००१ – ख ००२२ नम्बरको बोलेरो गाडीको ठक्करबाट घाइते भएकी राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरबाट मर्निङवाककोलागि निक्लेको केहि बेरमै गाडीले उनलाई झन्डाचोकमा ठक्कर दिएको हो । बिहान करिब ५. ३५ बजेको समयमा उक्त घटना भएको मृतकका भान्जा सनबिर राईले बताए ।घटना लगत्तै परिबारले थाहा पाएर घाइतेलाई उपचारकोलागि अस्पताल लगेको केही बेरमै उनको मृत्यु भएको उनलेे बताए ।
प्रहरीले गाडीको पहिचान निकै प्रयासको बाबजुद गरेको हो । ईलाका प्रहरी कार्यालय रामपुरले गाडीका चालक भोजपुर आमचोक गाउपालिका १ का ३७ बर्षिय प्रेम बिश्वकर्मालाई सुनसरीको इटहरी बाट नियन्त्रणमा लिएको छ भने ठक्कर दिने गाडीलाई बेलका नपा ८ लेमलेमा लुकाएर राखेको अबस्थामा बरामद गरेहो ।
मर्निङवाकमा निस्किएको केहि बेर मै सडक छेउमा पश्चिम् देखि पुर्ब तर्फ जादै गरेको गाडीले राईलाई ठक्कर दिएको उनले बताए । रामपुरको झन्डा चोकमा भएको उक्त दुर्घटना बारे प्रहरीले निकै अनुसन्धान गरेर पत्ता लगाएको हो ।
रामपुर बजारमा रहेकोे सबै सिसिटिभी बिग्रीएको कारण प्रहरीलाई घटनाको अनुसन्धान गर्न समस्या भएको थियोे । तर प्रहरीले घटनाको झन्डै दस घन्टा पछी उक्त घटनामा संलग्न चालक र गाडीलाई नियन्त्रणमा लिएको हो ।