कान्छो खवर । सोमबार, कार्तिक १०, २०८३
गाईघाट ९ कार्तिक ।
धारिलो हतियारको प्रहारबाट खोटाङमा चार जना घाइते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका ३ आहालेक ४३ बर्षिय नइन्द्रकुमार राईले ससुराली पुगेर धारिलो हतियार प्रहार गर्दा श्रीमती सहित चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा निजकि श्रीमती ४० बर्षीया अन्जना , ६२ बर्षीया स्यामाउन राई , २५ बर्षीया तेनिना राई र नरेन्द्र राई घाइते भएका छन् । घाइतेहरु सबैको टाउको , गर्दन र हातमा चोटपटक लागेको खोटाङ प्रहरीले जनाएको छ ।
घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भैरहेको छ । राईले मादक पदार्थ सेबन गरि आइतबार आफन्तलाई खुकुरी प्रहार गरेको खुल्न आएको छ । प्रहरीले राई पक्राउ गरि हिरासतमा राखेर घटनाको अनुसन्धान सुरु गरेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्