कान्छो खवर । मंगलबार, आश्विन १३, २०८३
गाईघाट १३ असोज ।
नेपाली काङ्ग्रेस उदयपुरको क्षेत्र नम्बर १ र २ को सोमबार सप्पन्न क्षेत्रीय अधिबेशनले नंया सभापति चयन गरेको छ । १ नम्बर क्षेत्रमा निर्वाचन प्रक्रिया मार्फत र दुई नम्बर क्षेत्रमा सहमतिमा नेतृत्व चयन गरेको हो ।
क्षेत्र नम्बर १ मा खगेन्द्र राई सभापति पुन दोहोरिएका छन् । उनले प्रतिस्पर्धि नेबि संघका पुर्ब केन्द्रिय सदस्य राकेश खत्रीलाई पराजित गर्दै दोस्रोपटक सभापतिमा दोहोरिएका छन् । प्रदेश सभा १ क मा अर्जुन दाहाल सभापतिमा निर्बिरोध भएका छन् ।
प्रदेश सभा ख को सभापतिमा सरोज बस्नेत निर्बाचित भएका छन् ।उनले प्रतिस्पर्धी नरेन्द्र बस्नेतलाई पराजित गरेका हुन् । क्षेत्रीय सहसचिवमा डेबिट बस्नेत निर्बाचित भएका छन् ।
२ नम्बर क्षेत्रमा भने सबै पदहरुमा सर्बसम्मत गरिएको छ । क्षेत्रीय सभापतिमा खेसबहादुर मगर चयन भएका छन् भने प्रदेश सभा क मा प्रल्लाद कार्की र ख मा सुबिन ढुंगाना निर्बिरोध भएका छन् ।