०४ चैत्र २०८२, बुधबार

टिफरको ठक्करबाट नेपालटारमा मोटरसाइकल चालकको मृत्यु

कान्छो खवर । बुधबार, चैत्र ०४, २०८२

गाईघाट  ४  फागुन ।

टिफर र मोटरसाइकल एक आपसमा  ठक्कर खादा नेपालटारमा आज बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कटारी देखि गाईघाट तर्फ आउदै गरेको बा ४ ख नम्बरको  टिफरले गाईघाट देखि कटारी  तर्फ जादै गरेको बागमती प्रदेश ०-३ – ००५ प ८६०० नम्बरको मोटरसाइकललाई बिहान ११ बजेको समयमा उदयपुरगढी गाउपालिका ६ कटारी चौकमा  ठक्कर दिदा खोटाङ बराहपोखरी २ का ३० बर्षिय भुपाल राईको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको अस्पतालकि चिकित्सक निर्मला चौधरीले बताइन् ।

प्रहरी टिफर चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्