१६ कार्तिक २०८२, शनिबार

उदयपुरमा पछिल्लो २४ घन्टामा १ सय मिलिमिटर बर्षा , उदयपुरगढीमा सबैभन्दा बढी बर्षा

कान्छो खवर । शुक्रबार, कार्तिक १५, २०८२

गाईघाट  १४  कार्तिक  ।

बङ्गालको खाडी बाट विकसित चक्रबाता ” मोन्था ” को कारण मौसम बदली भएर पछिल्लो २४ घण्टामा उदयपुरमा १ सय मिलिमिटर बर्षा भएको छ ।

जल तथा मौसम पुर्बानुमान माहाशाखाका अभिलेख अनुसार पछिल्लो २४ घण्टामा उदयपुरगढीमा सबैभन्दा बढी ८३.२ मिलिमिटर बर्षा भएको छ। गाईघाट बजारमा ७४, मुर्कुची बजारमा ७३.६ र चुरे क्षेत्र आसपास ७२.४ मिलिमिटर बर्षा भएको छ ।

कोशी प्रदेशको मोरङ सुन्दर हरैचामा सबैभन्दा धेरै २४० मिलिमिटर बर्षा भएको छ । कर्णाली र सुदुर पश्चिम् प्रदेश बाहेक अन्यत्र अहिले पनि बर्षा भैरहेको महाशाखाले जनाएको छ ।

आज शुक्रबार साझ सम्म देशै भरी चक्रबातको कारण मौसम प्रभावित रहने अनुमान गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्