लक्ष्मी चौधरी सोमबार, कार्तिक ११, २०८२
गाईघाट १० कार्तिक ।
ब्रतालु भक्तजनहरुले सोमबार अस्ताउदो सुर्यको पुजाआज गरि अर्घ दिएका छन् । उदयपुरको गाईघाट , बेल्टार , कटारी , रामपुर लगाएतका विभिन्न ठाँउहरुमा नदि र पोखरीको घाटमा भक्तजन ब्रतालुहरुले अस्ताउदो सुर्यलाई अर्घ दिएका छन् ।
गाईघाट स्थित त्रियुगा नदिमा ब्रतालु भक्तजनले अस्ताउदो सुर्यलाई अर्घ दिएर पुजाआज गरेका छन् । खोला किनारमा ब्रतालु भक्तजनको अलावा ठुलो संख्यामा स्रदालुको भिड लागेको छ ।नदिको दुबै किनारक छ्ठ घाट भब्य रूपमा सजाईएको छ ।
छ्ठ आयोजक समितिले छठ पर्व भब्य रूपमा मनाउन रात्रि विभिन्न सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको जनाएको छ ।
भोलि बिहान उदाउँदो सुर्यलाई अर्घ दिए पछि छठ पुजा समापन हुनेछ ।
यहाँ कमेन्ट गर्नुहोस्