कान्छो खवर । सोमबार, आश्विन २७, २०८२

गाईघाट २७ असोज ।
सर्पको टोकाइबाट सोमबार एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बस्ने ७३ बर्षीया भक्तकुमारी बन्जराको उपचारको क्रममा मृत्यु भएको हो ।घर वरिपरि सफा गर्ने क्रममा उनलाई सर्पले आईतवार दिउसो टोकेको थियोे ।
बिषालु सर्प गोमनले उनलाई टोकेको र उपचारको क्रममा अस्पतालमा बन्जराको मृत्यु भएको हो । सयौंको संख्यामा उपस्थित गाउलेहरुको उपस्थितिमा आज मृतकको दाहसस्कार गरिएको उपस्थित केदार कार्कीले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्