२८ आश्विन २०८२, मंगलबार

कटारी – घुर्मी सडक खण्डमा हिजो साझ देखि यातायात संचालनमा रोक

कान्छो खवर । आइतबार, आश्विन १९, २०८२

गाईघाट  १९  असोज  ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले हिजो साझदेखि कटारी -घुर्मी सडक खण्डमा सबै किसिमको सवारी साधन संचालनमा रोक लगाएको छ ।

भारी बर्षाको कारण उक्त सडक खण्ड जोखिमयुक्त भएको कारण सबै किसिमको सवारी साधन संचालनमा रोक लगाइएको सार्वजनिक सूचना मार्फत प्रशासनले जनाएको छ ।जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्बानुमान महाशाखा बाट जारी सूचना अनुसार असोज १८ देखि २० असोज सम्म भारी बर्षा हुने पुर्बानुमान रहेकोले कटारी -घुर्मी सडक खण्डमा सवारी साधन संचालनमा रोक लगाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

संभाबित दुर्घटना एबम सो बाट हुने क्षती न्यूनीकरणमा यात्रु तथा सवारी धनिहरुलाई अनुरोध समेत गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्