२८ आश्विन २०८२, मंगलबार

आइतबार र सोमबार सार्वजनिक बिदा

कान्छो खवर । शनिबार, आश्विन १८, २०८२

गाईघाट  १८ असोज ।

सरकारले आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज जारी गरेको सार्वजनिक सूचनामा भारी बर्षाको कारण देखाउदै दुई दिन सार्वजनिक बिदा दिएको उल्लेख गरेको छ ।

बर्षाको कारण उत्पन्न हुन सक्ने बाढी , पहिरो , डुबान , भूक्षय लगायत जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानबिय क्षती समेत हुन सक्ने संभावनालाई मध्य नजर गर्दै सार्वजनिक बिदा गरेको सूचनामा उल्लेख छ ।

यहाँ कमेन्ट गर्नुहोस्