०२ आश्विन २०८२, बिहिबार

गाईघाट बजारमा एक हप्तादेखि फोहोर उठेन , बजार दुर्गन्धित

कान्छो खवर । बिहिबार, आश्विन ०२, २०८२

गाईघाट  २  असोज  ।

गाईघाट बजारको फोहरमैला ब्यबस्थापन नहुदा बजार क्षेत्रमा दुर्गन्ध फैलिन थालेको छ ।  फोहर फाल्ने डम्पिङ साइट नहुदा नगरपालिकाले पुरानो गाईघाटको दक्षिणी तर्फको खोला किनारमा फोहोर फाल्दै आएको थियो , तर स्थानियको बिरोध पछी उक्त ठाउँको विकल्पमा बरुवा बाधमा खाल्डो खनेर फोहरमैलाको ब्यबस्थापन हुदै आएकोमा फेरि सोही क्षेत्रका बासिन्दाबाट फोहर फाल्न अवरोध आए पछी बिगत एक साता देखि नगर क्षेत्रको फोहरमैला उठ्न सकेको छैन ।

अहिले बजारमा फोहोर थुप्रीएको कारण दुर्गन्ध फैलिएको छ।बजार हिड्दा नाक थुनेर हिड्नु पर्ने अबस्था आएको छ ।स्थानिय ब्यापारी बिजय गुप्ताले बताए ।

मदन भण्डारी राजमार्ग अन्तरगत गाईघाट बजारको मुख्य चोक आसपास र पुरानो तरकारी बजार , पिपल चौक र दिक्तेल गाईघाट सडक आसपासको बजार क्षेत्रमा फोहरको डङुर लागेको छ ।

निर्बाचित जनप्रतिनिधिले बर्सेनि  फोहरमैला ब्यबस्थापन गर्न अत्याधुनिक डम्पिङ साइट निर्माणमा जोड दिने गरे पनि अहिले सम्म डम्पिङ साइट निर्माणको काम कसैले अघि बढाउन सकेका छैनन् ।

गाउँ पन्चायत , गाउपालिका हुदै नगरपालिका बनेको पनि झन्डै ३ दसक बढी समय भैसक्दा पनि गाईघाट बजारमा फोहर फाल्न ब्यबस्थित ठाउको प्रबन्ध हुन सकेको छैन ।

त्रियुगा नगरपालिकाका फोहरमैला ब्यबस्थापन शाखाका कर्मचारी दिलिप श्रेष्ठले फोहोर फ्याक्ने उचित ठाउको ब्यबस्थापन हुन नसक्दा बिगत एक हप्ता देखि नगर क्षेत्रको फोहर नउठेको बताए ।

नगरको वडा नम्बर १० , ११ र १२ मा बिगत एक हप्ता देखि फोहोरको ब्यबस्थापन हुन नसकेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्