कान्छो खवर । सोमबार, भाद्र १६, २०८२

गाईघाट १६ भदौ ।
१४ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बोर्डिङ इस्कुलका प्रधानाध्यापक पक्राउ परेका छ्न ।प्रहरीले आइतबार उदयपुरको बेलका नगरपालिका २ कंचनजङगा स्थित हिमशिखर सामुदायिक इङलिस बोर्डिङ इस्कुलका प्रधानाध्यापक ४७ बर्षिय युबराज श्रेष्ठलाई पक्राउ गरेको हो ।
प्रअ श्रेष्ठले सोही बोर्डिङमा अध्यन गर्ने ती बालिकालाई सनिवार बिहान १०.४५ बजेको समयमा कार्यालयको कोठामा लगेर बलात्कार गरेको पीडितकि भाउजूले आइतबार ईलाका प्रहरी कार्यालय रामपुरमा दिएको लिखित जाहेरीमा उल्लेख गरेको एसपी राजन चापागाईंले बताए ।
श्रेष्ठ विरुद्ध उजुरी परे लगत्तै प्रहरीले आइतबार उनलाई पक्राउ गरिएको चापागाईंले बताए । ३ सन्तानको पिता श्रेष्ठले ती बालिकालाई एक तर्फी माया गर्ने गरेको खुलेको छ ।तर उनको प्रस्ताव ती बालिकाले अस्वीकार गरेकोले श्रेष्ठले बालिकालाई कार्यालय कोठामा लगेर बलात्कार गरेको पीडितका आफन्तले जनाएको छ ।
बालिका बलात्कारको घटनालाई गाउमै बसेर मिलाउने प्रयास गरिएको भए पनि उक्त घटना सार्वजनिक पछि भने प्रहरीले श्रेष्ठलाई नियन्त्रणलाई लिएर कारबाही अघि बढाएको खुलेको छ ।
श्रेष्ठको बचाउमा गाउमै केहि जनप्रतिनिधि , शिक्षक स्थानिय बसेर पीडित परिबारलाई पैसा दिने र घटनालाई सामसुङ पार्ने तयारी भैरहेकोमा बलात्कारको घटना बाहिरीए पछी भने प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको स्थानिय एक गाउलेले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
उनले भने , प्रहरीलाई समेत मिलाई सकिएको थियोे । घटनाको जानकारी भए पछी पनि प्रहरीले तत्काल श्रेष्ठलाई पक्राउ नगरी पीडितलाई मिल्न समय दिईयो ।ती गाउलेले भने । तर घटना सार्बजनिक भएर संचारकर्मीले तारम्तार प्रहरीलाई घटना विवरण माग गर्न थाले पछि भने प्रहरीले श्रेष्ठलाई पक्राउ गरेर नियन्त्रणमा लिएको उनले बताए ।