कान्छो खवर । मंगलबार, भाद्र ०३, २०८२

गाईघाट ३ भदौ ।
प्रहरीले बेलका नगरपालिका २ स्थित जगना खोला किनारबाट सोमबार दिउसो बेवारिसे अबस्थामा २ सय ४० केजी गाजा नियन्त्रणमा लिएको छ ।
बा.२१ च १८११ नम्बरको कार भित्र राखिएको अबस्थामा २ बोरा र नदि किनारको झाडीमा राखिएको ७ बोरा गरि जम्मा ९ बोरामा राखिएको उक्त परिणामको गाजा बेवारिसे अबस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा भागलपुर र प्रहरी चौकी बसाहबाट खटिएको प्रहरी टोलीले गाजा बरामद गरेको प्रहरीले जनाएको छ ।बेवारिसे अबस्थामा फेला परेको गाजा सहितको गाडीको धनी पत्ता लगाउने काम भैरहेको र उक्त कार्यमा संलग्न ब्यक्तिको खोजी भैरहेको एसपी हरिहरनाथ योगीले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्