कान्छो खवर । आइतबार, भाद्र ०१, २०८२

गाईघाट १ भदौ ।
प्रहरीले लागूऔषध सहित एक युवकलाई सनिवार साझ पक्राउ गरेको छ ।उदयपुरगढी गाउपालिका ७ हाडेबासस्थित एक घरबाट २३ बर्षिय सुजन राउतलाई २०७ एम्पुल लागूऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोस्ट हाडीबासबाट खटिएको प्रहरी टोलीले साझ ७ बजे चेकजाचको क्रममा राउतलाई पक्राउ गरिएको एसपि हरिहरनाथ योगीले बताए ।
राउत त्रिनपा १० बोक्से निबासी हुन ।उनको साथबाट ६८ एम्पुल ब्रुफिनोफिर्न , ७२ एम्पुल डाईजेपाम र ६७ प्रोर्मआईजिन बरामद भएको एसपी योगीले बताए ।
पक्राउ परेका राउतलाई अनुसन्धानकोलागि प्रहरी कार्यालय उदयपुरमा राखिएको उनले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्